Section 17
क श्री पशुपतिनाथको पूजा आजा र मन्दिरको रेखदेख सम्बन्धी व्यवस्था :
१७क.१ श्री पशुपतिनाथको मन्दिरको रेखदेख गर्ने कर्तव्य कोषको हुनेछ र श्री पशुपतिनाथको मन्दिरको बिभिन्न पूजाआजा चलाउने कर्तव्य मूल भटृको
हुनेछ ।
१७क.२ उपदफा १७क.१ मा लेखिएदेखि बाहेक पशुपतिका मूल भट्टको तालुकमा रहेका सबै काम कुरा परिषद्अन्तर्गत रहनेछ र त्यसको सञ्चालन, असूल, तहसीलको
रेखदेख र नियन्त्रण तथा व्यक्ति विशेषबाट मन्दिरमा गरिने पूजाआजा, दक्षिणा, भेटी, दस्तुर तथा पशुपति क्षेत्रभित्र गरिने विभिन्न कामको लागि हुने खर्च सम्बन्धी व्यवस्था परिषद्ले तोके बमोजिम हुनेछ ।